म अनुपराज उप्रेती , एक साधारण गाउँबाट जन्मिएर असाधारण सपनाहरू बोकेर जीवनको यात्रा तय गरिरहेको एक नेपाली छन्दकवि हुँ। वि.सं. २०६३ साल चैत्र १२ गते, बाराको निजगढ नगरपालिकामा जन्मिएको म हाल कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत छु।
कविता मेरो चेतनाको स्वर हो, र छन्द मेरा भावनाका संरचना। म छन्दमा गहिरो दार्शनिक, सामाजिक, र भावनात्मक अनुभूतिहरू व्यक्त गर्न रुचाउँछु — जहाँ शब्द केवल शब्द होइनन्, चेतनाका सन्देश हुन्।
कविता मेरो आत्माको यात्रा हो। मैले अहिलेसम्म दुईवटा कृति प्रकाशित गरिसकेको छु:
त्यस्तै, म अहिले मेरो खण्डकाव्य "सत्यको खोजी" र महाकाव्य "ओजस्वी प्रताप" प्रकाशित गर्ने तयारीमा छु। "ओजस्वी प्रताप" एउटा त्यस्तो पात्रको कथा हो, जो गरिबीमा जन्मिएर वीरता र आत्मदर्शनको प्रतीक बनेका छन्। महाकाव्यमा ९ सर्ग छन् — जसमा समाज, प्रेम, विद्रोह, जातीय संघर्ष, एकता र बलिदानको गहिरो दर्शन समेटिएको छ।
कविता लेख्दै गर्दा म विज्ञान र दर्शनलाई एकसाथ बुझ्ने प्रयासमा पनि छु। हाल म निम्न विषयहरूमा अनुसन्धान गर्दैछु:
यी अनुसन्धानहरूले मलाई विज्ञान, चेतना र अध्यात्मलाई एउटै वृत्तमा समेट्न सिकाइरहेका छन्।
साहित्यसँगै म Machine Learning र Data Science को गहिरो अध्ययनमा पनि सक्रिय छु। मलाई विश्वास छ — प्रविधिको माध्यमबाट मानव चेतनाको संरचना, भाषाको विकास, र समाजको संरचनालाई अझ राम्ररी बुझ्न सकिन्छ।
मेरो लागि कविता केवल भावना पोख्ने माध्यम होइन — यो मेरो चिन्तन, दर्शन, र अस्तित्वको स्वरूप हो। शब्दहरू मेरा अस्तित्वका प्रमाण हुन्, र हर एक छन्द मेरो जीवनको धडकन।
म चाहन्छु — मेरो कविताहरू पढ्ने हर व्यक्तिले आफ्नै भावनालाई अनुभूति गर्न सकुन्, र शब्दहरूको बीचबाट चेतनाको उज्यालो झल्को पाउन् ।
🙏 धन्यवाद, तपाईं मेरो साहित्यिक यात्रामा सहभागी हुनुभएकोमा। यस वेबसाइटमा तपाईंले मेरा प्रकाशित कृतिहरू, कविताहरू, र आगामी महाकाव्यहरू पढ्न सक्नुहुनेछ। मेरा शब्दहरू तपाईंको आत्मासँग बोल्न सकून् — यही मेरो कामना हो।
– अनुपराज उप्रेती
छन्दकवि | शोधकर्ता | विज्ञानप्रेमी
कालचक्रकाे रूप, सूर्यचक्रकाे रूप, धर्मचक्र, जगद्चक्र, नित्यगति,सम्पूर्णता एवं समत्वकाे स्वरूप नै षडरमहाचक्र हाे । कविहरूका लागि कविहरूकाे सम्पूर्णता वा कविहरूकाे सूर्यकाे नित्यगति नेै षडरमहाचक्र हाे
रोई बस्दछ अस्मिता मुलुकको बिर्सी यशस्वी सब पासो निर्मम बेर्दछन दलिनमा स्वाधिनताले अब आमाको तन काटिदैछ सब यो देला र को ओखती लुक्दै छौ घरका कुना तिर पसी ए! देशका सारथि
सीता गौतम बुद्ध छन् जनक छन् आदर्शका ढाल यी सुम्पे प्राण त भद्रले अमरले नेपाल आमा भनी । छर्दैछन् मनकामना मुलुकमा वात्सल्यका भावना प्यारा छन् जल गण्डकी कलकली नेपालकै काखमा ।। लाखौं लाख रहोस् बिटो रकमको आनन्द नै हो धन खोलो झैँ अविश्रान्त शान्त गतिको यात्रा न हो जीवन श्रद्धा भक्ति र भाव हो हृदयको आधार बाच्ने जन माटोको ममता बुझी रमिरहोस् ढुङ्गाहरूको मन
मभित्र आफैँ पनि छैन जस्तो म भित्र नै शाश्वत छैन जस्तो । यो मर्मले नै मनभित्र छुन्छ सत्कर्मबाटै पहिचान हुन्छ ।। न रातका चन्द्र समान बल्छन् न घाममा मैन समान गल्छन् । रसालमा नै मन नित्य पुग्छ सत्कर्मबाटै पहिचान हुन्छ ।।
भाषा ज्ञान भनेर नक्कल गर्यो आफ्नाे सबै बिर्सियो पढ्छौ ग्रामर नित्य व्याकरणका बिर्सी महाज्ञान यो । ढल्केका रविका समान नभमा यो पूर्व छाडी गयौ आफ्नै ग्रन्थ र ज्ञान सागर भुली तत्त्वज्ञ आफैँ भयौ ।। आफ्ना खोट हजार छन् मगजमा देख्दैन केही पनि अर्काको त पहाड बन्छ तिलको यस्तो र उस्तो भनी । मान्छेको अब अन्धकार जगमा स्वाधीनता मेटियो ईर्ष्या डाह घमण्डले हृदयका सद्भावना रेटियो ।।